Logo

कारोनाबाट कसरी जोगिने ? कमल थापाले दिए यस्तो टिप्स



काठमाडौं, २९ भदौ । राप्रपाका अध्यक्ष कमल थापाले कोरोनाबाट जोगिनको लागि तीन काम गर्न भन्दै टिप्स दिएका छन् । उनले कोरोना महामारी बढ्दै गैरहेकोले अब कोरोना कहरकै बीच बाच्नु र जीवन चलाउनु अनिवार्य भएकोले घरबाट बाहिर निस्कँदा मास्क प्रयोग गर्ने, कम्तिमा दुई मिटरको दूरी कायम गर्ने र बेला बेलामा साबुन पानीले हात धुने काम गर्नुपर्ने सुझाएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो सुझाव दिएका छन्-“कोरोना महामारी बढदै छ।कोरोना कहरकै बिच बाँच्नु/जीवन चलाउनु अनिवार्य भएको छ विज्ञहरूका थरीथरीका व्याख्या सुनेपछि मेरो निष्कर्ष: -घरबाहिर निस्कदा मास्क प्रयोग गरौँ -कम्तिमा २मिटरको दूरी कायम गरौँ -बेलाबेला साबुन पानीले हात धुऔं यति ३काम अनिवार्य गर्‍यौं भने कोरोनाबाट जोगिन सकिन्छ ।” file photo



प्रतिक्रिया दिनुहोस्