Logo

दक्षिण सुडानमा शान्ति सेनालाई पुर्याएर फर्किएका क्याप्टेन विजय लामालाई कोराना संक्रमण



काठमाडौं, २९ भाद्र । वरिष्ठ पाइलट विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनको स्वाब संकलनका क्रममा कोरोना पुष्टि भएपछि सोल्टी होटलमा आइशोलेशनमा बसेका छन् ।

२६ भाद्रमा लामा शान्ति मिसनमा नेपाली सेनालाई पुर्याउने चाटर्ड विमान उडाएर दक्षिणी सुडान पुगेका थिए । वाइडबडी जहाजका क्याप्टेन बनेर पुगेका उनीसहित अर्का चालकलाई पनि संक्रमण पुष्टि भएको छ ।

सुडान जानुअघि लामाले मिसनमा जाने सैनिकहरुसँग तस्बिर पनि खिचाएका थिए । तस्बिरमा तीनजना सैनिक उनले सेल्फी खिचाउँदा सँगै देखिएका छन् । जसमध्ये दुईजनाले मास्क खोलेका देखिन्छन् ।

तस्बिर खिचाउँदै लामाले ‘जय चन्द्र सुर्य’ लेखेका छन् । उनको फेसबुक पेजमा उक्त तस्बिर पोष्ट गरिएको छ ।-Photo Source: FB Page of Bijaya Lama

 



प्रतिक्रिया दिनुहोस्