Logo

जोखिममा रहेका बस्तीहरूको स्थायी स्थानान्तरणको कार्यक्रम अगाडि बढ्छ : ढकाल–सिडिओ, सिन्धुपाल्चोक



सिन्धुपाल्चोकका सिडिओ उमेशकुमार ढकालले बाढि/पहिरोको जोखिममा रहेका बस्तीहरुको स्थायी स्थानान्तरण गरिनेबारे काम भैरहेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिडिओ ढकालले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘विपद निर्माण प्राधिकरणले भूकम्पपछि अध्ययन पनि गरेको थियो । त्यो अध्ययनअनुसार एकपल्ट पुनः भौगोलिक अध्ययन गरिनुपर्छ भनेर माग गरिराखिएको स्थिति छ । जिल्लाबाट पनि लेखेर पठाएका छौँ । अध्ययन हुँदैछ । त्यसमा नेपाल सरकारको निर्णय भएरपनि कार्यान्वयन भईराखेको स्थिति छ । त्यसकारण आगामी दिनमा बस्ती स्थानान्तरणको कार्यक्रम अगाडि बढ्छ भनेर मैले यहाँ राख्न चाहे ।’ प्रस्तुत छ सिडिओ ढकालसँग गरिएको कुराकानीको सम्पादित अंश:

के छ सिन्धुपाल्चोकको पछिल्लो अवस्था ?

अवस्था निकै दर्दनाक भएको छ । तीन ठाउँमा असाध्यै ठुलो घटना घटेको छ, हिजो । अत्याधिक वर्षा भएको कारणलेपनि र त्यसैपनि भू–बनोट कमजोर विगतको जुन २०७२ सालको भूकम्पले जर्जर बनाएको ठाउँ छ । धेरै मान्छेको क्षति भएको स्थिति छ । २० जना अझै बेपत्ता हुनुुहन्छ । राहत र उद्धारका लागि हामी हिजोदेखि खटिरहेका छौँ । त्यहाँ वरिपरिको बस्तीलाई सुरक्षित गर्नको लागि हामीले त्यहीअनुसार स्थानीय विपद व्यवस्थापन समितिसँग मिलेर काम गरिरहेका छौँ ।

सिन्धुपाल्चोकमा ३ महिनामा ठुलो पहिरो गयो । बेपत्ताहरू प्नि धेरै छन् । त्यतातिर तपाईहरूको ध्यान त गएन नि ? किन गएन ? भन्नुस् त । उच्च जोखिममा हुँदाहुँदै तपाईहरूले किन केही गर्नुभएन ?

हामी जिल्लामा व्यस्त छौँ । माथिल्लो निकायमा हामीले लेखेरपनि पठाएका छौँ । विशेषगरी भोटेकोशी भनौँ बा¥हबिसे भनौँ, बाढीको विषयमा जुगल क्षेत्रका भागहरू विगतमा भूगर्भविदहरूले यो बस्नको लागि उचित ठाउँ होइन भनेर धेरै आईसकेको छ । यसको विकल्पहरू के हुन सक्छन् ? वर्षातको बेलामा यस्ता घटनाहरू घट्छन् भने यसको विकल्पहरू के हुन सक्छन् ? भनेर हामीले समीक्षा गर्नुपर्छ । यसलाई रिसेटलमेन्टको कुरा, बस्तीलाई पुनस्र्थापित गर्ने कुरामा यसलाई प्राथमिकतापूर्वक चाहे केन्द्रिय सरकार होस्, चाहे प्रदेश सरकार होस् या स्थानीय सरकारको सहभागितामा गर्नुपर्छ । बजेट कार्यक्रमहरूले सर्पोट गरेर अगाडि बढ्दा अझ हामीले त्यसमा राम्रो परिणाम निकाल्न सक्छौँ जस्तो लाग्छ मलाई ।

अहिलेको अवस्थाको कुरा गर्दा त्यहाँ बस्ती किन तपाईहरूले सार्न सक्नुभएन ? के कारणले ? समस्या के मा आयो ?

हो, पक्कै पनि यस कुरामा हामीले यहाँबाट लेखेर माथि पठाईसकेको स्थिति छ । हामीसँग त्यस किसिमको साधन र म्यानपावर पनि छैन । जिल्लाको झण्डै–झण्डै भनौँ धेरै क्षेत्रहरू जोखिममा परेको स्थिति छ । हामीले यसको छुट्टै कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने माग आएको छ । त्यसअनुसार हामीले अनुरोध गरेर लेखेर पठाएका छौँ । विपद निर्माण प्राधिकरणले भूकम्पपछि अध्ययन पनि गरेको थियो । त्यो अध्ययनअनुसार एकपल्ट पुनः भौगोलिक अध्ययन गरिनुपर्छ भनेर माग गरिराखिएको स्थिति छ । जिल्लाबाट पनि लेखेर पठाएका छौँ । अध्ययन हुँदैछ । त्यसमा नेपाल सरकारको निर्णय भएरपनि कार्यान्वयन भईराखेको स्थिति छ । त्यसकारण आगामी दिनमा बस्ती स्थानान्तरणको कार्यक्रम अगाडि बढ्छ भनेर मैले यहाँ राख्न चाहे ।

अब घाइतेहरूको पीडा छ । खान नपाएको अवस्था छ । राहत दिईएको छ कि छैन ? उद्धारमा तपाईहरू के गरिरहनुभएको छ ? सिन्धुपाल्चोकको अवस्था बताउनुस् न । धेरै बाढी/पहिरो गएको छ । जनधनको ठुलो क्षति भएको छ नि ?

पक्कै पनि हामी राहत तथा उद्धारमा खटिरहेका छौँ । नेपाल सरकारको स्वीकृत मापदण्डअनुसार दिँदै आएको आर्थिक सहयोगहरू दिईनै राखेका छौँ । हामीले जिल्ला विपद व्यवस्थापन समितिको स्तरबाट पनि टेन्टहरू, त्रिपालहरू जुन अस्थायी आवासको लागि आवश्यक पर्ने सामग्रीहरू पठाईसकेका छौँ । त्यसअनुसार नजिकैको सुरक्षित ठाउँमा, कता सुरक्षित हुनसक्छ, स्थानीय रूपमा छलफल गरेर सुरक्षित ठाउँमा राख्ने कामहरू भईराखेकै छ । हामीले दिनुपर्ने सहयोगको लागि अन्य संघ/संस्थाहरूसँग आग्रह गरेर हामीले सहयोग सामग्रीहरू उपलब्ध गराएका छौँ । हामी खान नपाउने अवस्था सिर्जना हुन दिँदैनौँ । बस्नको लागि ठाउँ नभएको अवस्था आउन दिँदैनौँ । हामीले पर्याप्त स्रोत तथा साधनको प्रयोग गरिरहेका छौँ ।

उद्धार तीव्र गतिमा हुनुपर्छ, सिडिओ साहब, त्यो भएको छ कि छैन् ?

पक्कै पनि । हामी त्यसमा प्रतिबद्ध छौँ । हामी कुनैपनि किसिमको सामग्री अभाव हुन दिँदैनौँ । त्यसअनुसार नगरपालिकाका प्रतिनिधिहरूले तयार पारिराख्नुभएको छ । खान नपाउने र तत्काल सेल्टर नपाउने अवस्था हामी हुन दिँदैनौँ । त्यसका लागि चाहिने सर–सामग्रीहरू नियमअनुसारले पनि हामीलाई प्राप्त भईराखेको छ । त्यसलाई उपलब्ध गराउने काममा हामी पछि हट्दैनौँ । उपलब्ध गराईराखेका पनि छौँ । कुनैपनि कमी हुन दिँदैनौँ ।

सभामुख हुनुहुन्छ, अग्निप्रसाद सापकोटा । उहाँको क्षेत्रमा यसरी बाढी÷पहिरो जाँदाखेरि उहाँ आउनुहुन्न ? तपाईहरूलाई सहयोग गर्छु भनेर उहाँले भन्नुहुँदैन ?

पक्कै पनि, उहाँ आउनुभएको छ । उहाँ साथमा साथ हुनुहुन्छ । सबै यहाँका जनप्रतिनिधिहरू साथमा साथ हुनुहुन्छ । उहाँहरू लागिरहनुभएको छ, दिनरात । घाइतेको उद्धारदेखि लिएर त्यसमा उहाँहरू साथ हुनुहुन्छ । यस विषयमा केन्द्रमा पनि छलफल भएको छ । केन्द्रमा बैठक राखेर छलफल चलेको स्थिति छ । सबैजना जनप्रतिनिधिहरू लाग्नुभएको स्थिति छ । आगामी दिनमा पक्कैपनि यस समस्याको समाधान हुने मैले अपेक्षा गरेको छु ।



प्रतिक्रिया दिनुहोस्