Logo

कोरोनाविरुद्धको भ्याक्सिनको उत्पादन केन्द्र बनेको यो शहर



एजेन्सी, २९ भाद्र । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस दिन प्रति दिन भयावह बन्दै गएको छ । भाइरसको नयाँ भएको कारण उक्त भाइरसको भ्याक्सिन उपलब्ध छैन् । भ्याक्सिन निर्माणका लागी विभिन्न देशहरु तीव्र गतीमा लागि रहेका छन् ।

रुस, चीन, अमेरिका र भारत यी देशहरुले भयाक्सिन निर्माण गर्न अनुमति पाउँदै तीव्रता थालेका छन् । विश्वको ठूलो जनसंख्या भएको देश भारतले भ्याक्सिन निर्माण गर्न सक्ने सम्पूर्णमा विश्वास रहेको छ । विश्व कै नजर भने भारतमा टिकिरहेको छ । भारतले विश्वभर करिब ६० प्रतिशत भ्याक्सिन उत्पादन र विश्वलाई उपलब्ध गर्दै आएको छ । त्यसै गरी भ्याक्सिन उत्पादन गर्न भारतको हाई टेक सिटी हैदराबाद भ्याक्सिन निर्माण गर्ने राजधानीको रुपमा केन्द्रित छ । विश्वभर भ्याक्सिन निर्माणमा हैदराबाद तेस्रो शहर रहेको छ जसले उत्पादन र उपलब्ध दुवै गराउन सक्षम रहेको देखिन्छ ।

कोरोनाविरुद्वको भ्याक्सिन कोभ्याक्सिन, स्पुटनिक भी, जनसन एण्ड जनसनद्वारा निर्मित एडी २६कोभ २, फ्लूगन, कोरोना फ्लू र सफोनी जस्ता विकास भइरहेको भ्याक्सिनहरु हैदराबादसंग समेत आवद्व छ । बायोटेकनिक लिमिटेडका प्रमूख डा वारा प्रसाद रेड्डीका अनुसार कोरोान विरुद्वको भ्याक्सिन विश्वमा जहाँ पनि बने उक्त भ्यासिक्सनको बाहिरी मंथन भने हैदराबादमा हुने विश्वास व्यक्त गरेका छन् ।

भ्याक्सिनको लाखौ डोज गुणस्तरका साथ उत्वादन गर्ने क्षमता रहेका विषयमा डा रेड्डीले प्रकाश पारे । भारत द्वारा निर्मित सनाफी भ्याक्सिन सन् २०२१ को मध्य सम्म आउने प्रतिबद्वता व्यक्त गरिएको छ । कोरोना विरुद्वको भ्याक्सिन निर्माण गर्ने क्न्द्रको रुपमा स्थापित गरिएको छ । ठूला कम्पनीहरुले समेत समन्वय गरी उत्पादनमा जोड दिने छ । हैदराबादका औषधी कम्पनीहरु र विभिन्न देशका भ्याक्सिन निर्माताहरुबीच निरन्तर उत्पादन छलफल भइरहेको छ । हैदराबादले एकचौटी ठूलो मात्राको डोज निर्माण गने क्षता रहेको छ । ठूलो मात्रामा भ्याक्सिन उत्पादन गर्न अन्य मुलुकलाई चीन वा भारतसंतको समन्वय अपरीहार्य हुने गर्दछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्