Logo

छोराद्वारा बञ्चरोले हानेर आमाको हत्या



झापा, २९ भाद्र । आमाको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिनेश ऋषिदेब छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । ५० वर्षीया आमा मीरा ऋषिदेबको हत्या गरेको अभियोगमा कमल गाउँपालिकाका ऋषिदेब पक्राउ परेका हुन् ।

मादक पदार्थ सेवन गरेका दिनेशले आफ्नै आमालाई बञ्चरो र ढुङ्गा प्रहार गर्दा मीराको घट्नास्थलमै मृत्यु भएको सुचना आएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम