Logo

कंगना रनौटद्वारा मुम्बई छाड्ने घोषणा



एजेन्सी, २९ भाद्र । बलिउड स्टार कंगना रनौटले मुम्बई छाड्ने घोषणा गरेकी छिन् । उनले आफूलाई आतंकति पार्ने क्रियाकलाप भरहेको भन्दै मुम्बई छाड्ने घोषणा गरेकी हुन् ।

महाराष्ट्रको सरकार चलाइरहेको शिवसेनासँग द्वन्द्व चलेपछि कंगनाले गह्रुंगो छाति बनाएर मुम्बई छाड्न लागेको घोषणा गरेकी हुन् । उनले केही समय अघि मुम्बईलाई पाकिस्तान शासित काश्मिरको संज्ञा दिएकी थिइन् ।

कंगनाको बंगला अतिक्रमण गरी निर्माण गरेको भन्दै भत्काइएको थियो । अदालतको आदेशले रोकिएको थियो ।

यसैगरी, कंगनाले महाराष्ट्र राज्यका गभर्नर भगतसिंह कोशियारीलाई भेटेर आफ्नो भनाई राखेकी छिन् । कंगनामाथि धम्की दिइएपछि वाइ प्लस सुरक्षा दिइएको छ । उक्त सुरक्षामा दशजना सुरक्षाकर्मी छन् ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्