Logo

महामारीको त्रासबाट बचाउन सचेतनाका कार्यक्रम आवश्यक: मुख्यमन्त्री राई



इलाम, २९ भदौ: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले महामारी सिङ्गो मानव जातिको नै समस्या भएकाले सचेत रहेको विकल्प नरहेको बताएका छन् । बाल दिवसका अवसरमा मानव अधिकार मञ्चको आयोजनामा भिडियो कन्फ्रेन्समार्फत शुभकामना दिदै मुख्यमन्त्री राईले भने, “विश्व नै भयावह छ, यसबाट बालबालिका बढी प्रभावित भएका छन्” ।

मुख्यमन्त्रीले विद्यालय बन्द भएका कारण बालबालिका पढाइबाट वञ्चित रहेको भन्दै दुःख व्यक्त गरे । उनले पछिल्लो समय सङ्घीय सरकारसमेत बालबालिकाको क्षेत्रमा सचेतनात्मक कार्यक्रम ल्याएको बताए । बालबालिकालाई महामारीको त्रासबाट बचाउन सचेतनाका कार्यक्रम ल्याउन मुख्यमन्त्री राईले अनुरोध गरे ।

उनले कोरोना महामारीसँग लड्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । महामारीसँग जुध्न सबै नागरिकको भूमिका बराबर हुने उल्लेख गर्दै मुख्यमन्त्रीले महामारीलाई अवसरको रूपमा लिएर अघि बढ्न सबैलाई आग्रह गरे ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम