Logo

काठमाडौंमा एकैदिन ५१२ जना कोरोना संक्रमित थपिए



काठमाडौं,  २९ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ५  सय १२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ११  सय  ७० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ५  सय १२ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  १० हजार  ८ सय   ७८  जनाको पिसीआर परिक्षणमा ११  सय  ७० जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  ८७९ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  ३९ हजार ५  सय  ७६ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ४४० जना र ललितपुरका  २९ जना र भक्तपुरका ४३  जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ५५ हजार ३  सय  २९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्