Logo

कोरोना सङ्क्रमणबाट सिरहामा थप एकको मृत्यु



लहान, २९ भदौ: कोरोना सङ्क्रमणबाट सिरहामा आज थप एक महिलाको मृत्यु भएको छ ।

सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर निवासी ३३ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलाय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

लामो समयदेखि ज्वरो आइरहेका ती महिला जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमै पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रमुख यादवले बताए । योसँगै सिरहामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्