काठमाडौं, २९ भाद्र । नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट १५ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेहरुमा ५ महिला र १० पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज काठमाडौं उपत्यकामा मात्र आठ जनाको संक्रमणबाट मृत्यु पुष्टि भएको छ । यो अहिलेसम्म कोरोनाबाट २४ घन्टाभित्र सर्वाधिक मृतक संख्या हो ।
आज थपिएका १५ जनासँगै कुल मृतक संख्या ३ सय ६५ पुगेको छ । यो अहिलेसम्म २४ घन्टाभित्र सर्वाधिक मृत्यु संख्या हो । आज थपिएकासँगै कुल मृत्यु हुनेहरुको संख्या दुई सय ६० पुरुष र एक सय महिला पुगेको छ ।
मृतकको विवरण
१. काठमाडौंकी ६१ वर्षीया महिला
२. काठमाडौंका ७७ वर्षीय पुरुष
३. काठमाडौंका ६२ वर्षीय पुरुष
४. काठमाडौंका ७३ वर्षीय पुरुष
५. काठमाडौंका ८५ वर्षीय पुरुष
६. काठमाडौंका ७० वर्षीय पुरुष
७. ललितपुरका ५५ वर्षीय पुरुष
८. भक्तपुरका ७३ वर्षीय पुरुष
९. मोरङका ४० वर्षीय पुरुष
१०. मोरङका ७० वर्षीय पुरुष
११. रामेछापका २३ वर्षीय पुरुष
१२. गोरखाका ६३ वर्षीया महिला
१३. नवलपरासीका ६२ वर्षीया महिला
१४. पर्साकी ५५ वर्षीया महिला
१५. कपिलवस्तुकी ४७ वर्षीया महिला




प्रतिक्रिया