Logo

योगेश भट्टराई सरकारका प्रवक्ता तोकिने



काठमाडौं, २९ भाद्र । सरकारले पर्यटनमन्त्री योगेश भट्टराईलाई सरकारका प्रवक्ता तोक्ने बुझिएको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले उनलाई सञ्चार मन्त्रालयको समेत जिम्मेवारी दिएर प्रवक्ता तोक्ने बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार मन्त्री भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान बालुवाटारमा बोलाएर यसबारे जानकारी दिएका छन् । भट्टराईले अप्ठ्यारो परिस्थिति हुँदा प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए ।

यसअघि डा. युवराज खतिवडा सरकारका प्रवक्ता रहेकामा मन्त्री पदबाट राजीनामा दिएपछि प्रवक्ता तोकिएको छैन । खतिवडा सांसद नरहेपछि स्वतः मन्त्री नरहने अवस्थामा पदबाट राजीनामा दिएका थिए ।-तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्