Logo

परिवारसँग जन्मदिन मनाउँदै नीता ढुंगाना



काठमाडौं, २९ भाद्र । नेपाली चलचित्रकी अभिनेत्री नीता ढुंगानाले आज जन्मदिन मनाउदै छिन् । उनलाई साथी तथा शुभचिन्तकहरुले सामाजिक सञ्जाल मार्फत शुभकामना दिइरहेका छन् । यो वर्षको जन्मदिन उनले सामान्य तरीकाले परिवारको साथमा मनाउदै छिन् ।

हैटौडामा जन्मिएकी नीता फिल्म ‘मितिनी’ बाट बालकलाकारको रुपमा नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन् । ‘अजम्बरी नाता’ मा अभिनय गरेपछि खासै दर्शकको मनमा बस्न नसकेकी नीता फिल्म ‘किसान’ मा भने लिड रोल पाएकी थिइन् । हालसम्म उनले २ दर्जन भन्दा धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् ।

उनले अभिनय गरेका फिल्मले धेरै नाफा नकमाएपनि उनको व्यक्तिगत जीवनमा भने असर गरेको छैन् । नीर शाहले निर्देशन गरेको फिल्म ‘मसान’बाट नीतालाई दर्शकले चिन्न थालेका हुन् । उनलाई त्यहि फिल्मले राष्ट्रिय अवार्ड समेत दिलायो । उनको अर्को फिल्म ‘पञ्चायत’बाट भने उत्कृष्ट अभिनेत्रीको अर्वाड हात पारिन् । दिपकराज गिरी र दिपाश्री निरौलाले निर्माण गरेको फिल्म ‘६ एकान ६’ ले भने उनलाई निकै चर्चित बनायो र त्यहि फिल्म नै उनले अभिनय गरेको सफल फिल्म हो ।

नायिका ढुंगानाले केहि महिना अघि आफ्नै स्वरमा रेकर्ड गरेको ‘गणेश भजन’ संग्रह सार्वजनिक गरेकी छिन् । नीताले अब ‘श्रीमदभागवत गीता’ वेव सिरीज बनाउने समेत घोषणा गरेकी छिन् । टेलिभिजनमा प्रसारण हुने उक्त सिरिजको निर्देशन नीता आफैले गर्ने बुझिएको छ । हालसम्म कलाकारको नाम तय नभएको ‘श्रीमदभागवत गीता’ मा अर्जुन र कृष्णको संवाद प्रस्तुत हुनेछ ।



प्रतिक्रिया दिनुहोस्