Logo

लागूऔषध माफियालाई हत्या गरे सरकारले इनाम दिने देश



फिलीपिन्समा रोड्रिगो दुतरले राष्ट्रपति बन्ने क्रममा लागुऔषध अपराधीलाई फरक –फरक कानुन बन्ने बाचा गरेका थिए । त्यही एजेन्डाले उनी राष्ट्रपति निर्वाचित पनि भए । उनी राष्ट्रपति भएपछि प्रहरीदेखि सर्वसाधारण जनातालाई समेत लागुऔषध माफियालाई हत्या गर्न छुट दिए ।

रोड्रिगोका राष्ट्रपति बनेको ४ महिनाको समयमा पुरै देशभर ३५ सय भन्दा धेरै लागुऔषध व्यवसायमा जोडीएका मानिसहरुको हत्या गरेका थिए । लागुऔषध व्यवसायीको शव गल्ली गल्लीमा छरिएका थिए । फिलिपिन्स यस्तो एकमात्र देशको रुपमा परिचित भएको थियो, जहाँ मानिस मारेपछि सजाय होइन इनाम दिन्छ ।

एक रिर्पोटका अनुसार लागुऔषध माफियाको हत्या गर्ने मानिसलाई १ सय डलर वा ७ हजार रुपैयाँ दिएको थियो । मर्ने डरले ७० हजार भन्दा धेरै लागुऔधष व्यवसायीले प्रहरी समक्ष आत्म समर्पण गरेका थिए । लागुऔषध कारोवारी जहाँ देखिन्छ त्यहि सिधै गोली हान्ने आदेश दिएका थिए ।

उनको यस्तो कदमको मानव अधिकार कर्मीले बिरोध गरेका थिए । फिलिपिन्सबाट लागुऔषधको अन्त्य गर्ने जनता सामु वाचा गरेकोले उनले त्यस्तो कठोर कदम उठाएका हुन् । एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्