Logo

कोरोना सङ्क्रमित महिलाबाट शिशुको जन्म



ओखलढुङ्गा, २९ भदौ: कोरोना सङ्क्रमित एक महिलाले नवजात शिशुलाई जन्म दिएकी छिन् । कोरोना सङ्क्रमण भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा बस्नुभएकी एक महिलाले बच्चा जन्माएकी हुन् ।

कोरोेना सङ्क्रमित महिलाले स्वस्थ शिशु जन्माएको अस्पताका निर्देशक युवराज आचार्यले बताए । आमालाई आइतबार सङ्क्रमण पुष्टि भए पनि जन्मिएको शिशु स्वस्थ रहेको उनको भनाइ छ । “कोरोना सङ्क्रमण देखिएकी महिलाबाट शिशुको जन्मेको छ”, उनले भने, “सामान्य प्रक्रियाबाटै बच्चा जन्मियो, अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य छ ।” शल्यक्रिया गर्न नपर्दा थप जोखिम नभएको उनको भनाइ छ । अस्पतालले सङ्क्रमित सुत्केरीको नाम भने सार्वजनिक गरेको छैन ।

अस्पतालले कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमित गर्भवतीलाई प्रसूति सेवा दिन आइसोलेसन डेलिभरी रुम सञ्चालनमा ल्याएको छ । सङ्क्रमित महिलाको डेलिभरीका लागि आइसोलेसन डेलिभरी रुम र शल्यक्रिया थिएटर सञ्चालनमा ल्याइएकाले सङ्क्रमितलाई सेवा दिन सजिलो भएको अस्पतालले जनाएको छ ।-रासस/Photo: Agency



प्रतिक्रिया दिनुहोस्