Logo

कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न प्रधानमन्त्री ओलीद्वारा अस्वीकार



काठमाडौं, २९ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न अस्वीकार गरेका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकमा उनलाई नियुक्त गर्न ऊर्जामन्त्री वर्षमान पुनले विषय प्रवेश गराएपनि प्रधानमन्त्री ओलीले यसबारे कुनै निर्णय लिन मानेनन् ।

विश्वस्त स्रोतका अनुसार ओलीले प्राधिकरणमा कार्यकारी निर्देशक बन्न प्रतिष्पर्धाबाट आउनुपर्ने विषय उठाएका थिए । यसपछि मन्त्री पुनको प्रस्ताव फिर्ता भएको थियो ।

गएको मध्यरातबाट कुलमान प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा चार वर्षे कार्यकाल सकिइसकेको छ । उनको पुनः नियुक्ति नभएपछि निमित्तले चलाउन थालेका छन् ।

अब प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिमा प्रतिष्पर्धाबाट चयन गरिने तयारी भएको बुझिएको छ । प्रधानमन्त्री ओली यही चाहना व्यक्त गरेको बुझिएको छ ।

यसैगरी, माइतीघर मण्डलामा आज कुलमान घिसिङको पक्षमा नारावाजी भएको छ । सामाजिक सञ्जालमा पनि उनको पुनःनियुक्तिको दबाब बढिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्