Logo

बानियाँटार युवा समाजद्धारा २९ वर्षे युवालाई उद्धारपछि अस्पताल भर्ना



काठमाडौं, २९ भदौ । बानियाँटार युवा समाजले मानसिक सन्तुलन बिग्रिएका एक युवकको उद्धार गरेको छ। सोमबार समाजले ती युवालाई उद्धार गरी अस्पताल भर्ना गरिदिएको छ । रामेछाप जिल्ला स्थायी घर भई हाल काठमाडौंको बानियाँटारमा बस्ने २९ वर्षीय कुशल न्यौपानेलाई समाजले उद्धार गरेको हो ।

समाजका सदस्य अशोक पाण्डेका अनुसार न्यौपाने विगत लामो समयदेखि नै २३ न रूटको माइक्रोबसमा काम गर्दै आएका थिए र उनको मानसिक सन्तुलन विग्रिदै गएपछि उनी पागल जसरी हिँड्न थालेका थिए । उनको त्यो अवस्था देखेपछि क्लवका सदस्यहरू मिलेर आर्थिक सहयोग गरेर बानियाँटार युवा समाजका सदस्य अशोक पाण्डेको विशेष पहलमा पाटन मानसिक अस्पताल भर्ना गरिएको हो । हाल न्यौपानेलाई अस्प्ताल भर्ना गरिएको समाजका अध्यक्षय प्रविण बानियाँले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

समाजले न्यौपानेको उपचारको लागि आर्थिक सहयोग पनि गरेको छ । उक्त सहयोग रकम समाजले न्यौपानेका भाई राम न्यौपानेलाई हस्तान्तरण गरेको हो । र, समाजले कुशलको स्वास्थ्यलाभको समेत कामना गरेको छ । साथै, क्लबका एक्टिभ मेम्बर अशोक पाण्डे र शैलेन्द्र घिमिरेको विशेष पहलामा पाटन मानसिक अस्पतालमा निशुल्क उपचार सम्भब भएको छ ।



प्रतिक्रिया दिनुहोस्