Logo

घरबेटीले कुटपिट गरी डेरावालाको मृत्यु भएको घटना अतरङ्गित बनाउन खोजिएको भन्दै स्थानीयले निकाले विज्ञप्ती



काठमाडौँ, ३० भाद्र । कीर्तिपुर नगरपालिका ७ मा घरबेटीले कुटपिट गरी डेरावालाको मृत्यु भएको घटनालाई लिएर स्थानीय बासीले विज्ञप्ती निकालेका छन । विभिन्न मिडियामा छ जना मिलेर हत्या गरिएको भनि आएको भनाई झुट भएको भन्दै विज्ञप्ती निकालिएको हो ।

विवादलाई अतरंगीत बनाई भाजंगल बासी तथा पुरै कीर्तिपुरकै बेइजेत गर्न लागिएकाले यसको घोर आपत्ती रहेको स्थानीयले बताए । गएको शुक्रबार ६६ वर्षीय प्रेमलाल महर्जनको कुटाइबाट मात्र उनकै घरमा बहालमा बस्दै आएका बारा, कलैयाका ४८ वर्षीय शम्भु चौधरीको मृत्यु थियो ।

शुक्रबार दिउँसो महर्जनले सामान्य विवादका क्रममा काठको भाटाले हिर्काउँदा गम्भीर घाइते भएका कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।  महर्जनको घरबाट डेरा सर्दै गरेका चौधरी बीच विवाद बढ्दा घरधनी महर्जनले भाटाले हिर्काएका बताइएको थियो । अहिले घरधनी महर्जनसहित छ जना पक्राउ परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्