Logo

सवारी दुर्घटनामा घाइते क्रिकेटर ललितको सिम्रिक एयरबाट उद्धार



काठमाडौं, ३० भाद्र । ट्रकको ठक्करबाट घाइते नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारीको सिम्रिक एयरबाट उद्धार गरिएको छ। आइतबार राति धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकको ठक्करबाट उनी सवार मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको सिम्रिक एयरबाट उद्धार गरी काठमाडौं ल्याइएको हो।

भण्डारीलाई धनगढीस्थित निसर्ग अस्पतालमा सामान्य उपचारपश्चात गएराति नै बाकेस्थित नेपालगन्ज मेडिकल कलेजु मा रिफर गरिएको थियो। उनको त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका लागि ल्याइएको नेपाल क्रिकेट संघ क्यान का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

अध्यक्ष चन्दले ललितको उपचारका लागि क्रिकेट संघले समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै उनले सम्पूर्ण सरोकारवाला निकायलाई समेत सहयोगको लागि अनुरोध गरेका खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्