Logo

भोटोजात्रा सम्पन्न नगरी बुङ्मती लगियो मच्छिन्द्रनाथ



काठमाडौं, भदौ ३० । कोरोना महामारीबीच रथ तान्ने र नतान्ने विषयमा निर्णय नहुँदा स्थानीय र प्रहरीबीच झडप निम्तिएको इतिहास रच्दै यस वर्षका रातो मच्छिन्द्रनाथको रथयात्रा टुंगिएको छ ।

बुंगद्यो अर्थात् रातो मच्छिन्द्रनाथको भोटो नदेखाई सोमबार देवतालाई बुङ्मती लगिएको छ । कोरोना महामारीले गर्दा यसपटक परम्परागत भोटो जात्रा सम्पन्न नगरी देवतालाई सोमबार दिउँसो ३ बजे बुङ्मती लगिएको हो । अध्येयताहरुका अनुसार भोटोजात्रा सम्पन्न नगरी रातो मच्छिन्द्रनाथलाई बुङ्मती लगिएको यो पहिलोपटक नै हो ।

अघिपछि रातो मच्छिन्द्रनाथ रथ जावलाखेलमा पुगेको चौथो दिनमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा देवताको बहुमूल्य भोटो देखाउने परम्परा रहेको छ । भोटो नदेखाई देवतालाई लगिएको यसअघि आफूले कहिले थाहा नपाएको नसुनेको अध्येयताहरु बताउँछन् ।

अध्येयताहरुका अनुसार रातो मच्छिन्द्रनाथलाई राजा नरेन्द्रदेवको पालमा भारतको कामरुपकामाक्षाबाट काठमाडौं ल्याइएको थियो । छैटौं शताब्दीदेखि शुरु भएको रथयात्रामा समयक्रमसँगै रातो मच्छिन्द्रनाथको अन्तिम दिन भोटो देखाउने परम्परा जोडिएको अध्येयताहरुको भनाइ रहेको छ ।

भोटोजात्राको शुरुआतबारे ऐतिहासिक अभिलेख नभए पनि यससँग जोडिएको किंवदन्ती भने जनमानसमा चर्चाको विषय रहेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्