Logo

यस्तो छ आजको पूर्वानुमान



काठमाडौं, भदौ ३० । हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि रहेकाले अहिले देशभर सामान्य बदली जारी रहेको छ ।

उक्त प्रभावका कारण अहिले प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १ को झापा आसपासका स्थानहरूमा भारी वर्षा पनि भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ , प्रदेश २ , वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षा हुनसक्ने जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्