Logo

६ महिनापछि ओम्नी कालोसूचीमा



काठमाडौं, भदौ ३० । कोभिड १९ महामारीका बेला स्वास्थ्य सामग्री आपूर्तिमा ढिलाइ गरी जनस्वास्थ्यमा गम्भीर खेलवाड गरेको भन्दै सरकारले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनललाई कालोसूचीमा राखेको छ।

ओम्नीले स्वास्थ्य सेवा विभागसँग मेडिकल सामग्रीलगायत वस्तु आपूर्ति गर्ने सम्झौता गरेको थियो। तर त्यसअनुसार सामान आपूर्ति समयमा नगरेपछि विभागकै सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई कालोसूचीमा राखेको हो। खरिद अनुगमन कार्यालयका अनुसार ओम्नीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। विभागले चैतमा गरेको सिफारिस बल्ल अहिले आएर कार्यान्वयन भएको हो।

सरकारी काममा ढिलाइ, अनियमितता, गुणस्तरहीनलगायत काम गरी हानि–नोक्सानी पु¥याउने कुनै पनि कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्छ। ओम्नीले पनि कोरोना महामारीका बेला स्वास्थ्य सामग्री आपूर्तिजस्तो महत्वपूर्ण काममा ढिलाइ गरी जनस्वास्थमा गम्भीर खेलवाड गरेकाले उसलाई कालोसूचीमा राखिएको हो।

खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटाले ओम्नीलाई खरिद ऐनबमोजिम एक वर्षका लागि कालोसूचीमा राखिएको जानकारी दिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्