Logo

यी मन्त्रीलाई निरन्तरता दिएर प्रधानमन्त्री ओलीद्वारा मन्त्रीमण्डल पुर्नगठनको तयारी



काठमाडौं, ३० भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै नै मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । उनले यसपटक मन्त्रीमण्डल पुर्नगठन गर्दा दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्ने र आफूलाई संकटमा पर्दा साथ दिनेलाई अवसर दिने मापदण्ड बनाएको बुझिएको छ ।

दुई वर्ष पुरा भइसकेपनि केही मन्त्रीहरु भने सरकारमा रहनेछन् । उनीहरुले ओलीलाई संकट पर्दा साथ दिएका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर बादल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारमै रहनेछन् । पोखरेल र बादलले ओलीको सत्ता संकट आउँदा निकै साथ दिएका थिए । ज्ञवाली ओलीका विश्वासपात्र हुन् । उनलाई सञ्चारमा लाने तयारी भएको बुझिएको छ ।

राष्ट्रियसभामा मनोनित हुन लागेका बामदेव गौतमलाई पनि उपप्रधानमन्त्रीसहित विकासे मन्त्रालय दिने तयारी भएको छ । गृहमा बादल कायमै रहेमा बामदेवले अर्थ पाउनेछन् । उनको चाहना पनि अर्थमा जाने रहेको छ । संकटमा साथ दिएकाले प्रधानमन्त्री ओली गौतमप्रति सकारात्मक बनेका छन् । ओलीलाई संकटमा साथ दिने मन्त्रीहरु लेखराज भट्ट, योगेश भट्टराई र घनश्याम भुषाल पनि सरकारमै रहने बुझिएको छ । भानुभक्त ढकाल पनि सरकारमै रहनेछन् । केही महिना अघि मात्र मन्त्री भएकी शिवमाया तुम्वाहाम्फे पनि सरकारमै रहनेछिन् ।

सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयमा लाने तयारी भएको छ । श्रेष्ठको चाहना पनि त्यही रहेको छ । यसरी सरकारमा तीनजना उपप्रधानमन्त्री रहने सम्भावना छ ।

शंकर पोखरेललाई पनि सरकारमा ल्याउने सम्भावना छ । त्यसका लागि उनलाई प्रदेश ५ को मुख्यमन्त्रीबाट राजीनामा गराएर बोलाइनेबारे परामर्श चलेको छ । त्यसबारे अन्तिम निर्णयमा भने पोखरेल स्वयं नपुगेको बुझिएको छ । उनले चाहेमा सरकारमा तुरुन्तै सहभागी हुन पाउनेछन् ।

यसपटक दुई वर्ष कार्यकाल पुरा गरेका शक्ति बस्नेत, वर्षमान पुन, गिरिराजमणि पोखरेल, पद्मा अर्याल, विना मगरलगायत भने बिदा पाउने सम्भावना छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्