Logo

अब विपन्नको मात्रै सरकारले निःशूल्क उपचार गर्ने



काठमाडौं, भदौ ३० । सरकारले अबदेखि बिपन्न नागरिकको मात्र निःशूल्क उपचार गर्ने भएको छ। आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा मन्त्रालयका ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’मा बसेको बैैठकले यस्तो निर्णय गरेको हो।

मन्त्रालयको प्राविधिक समूहको बैठकले लक्षण देखिएका व्यक्तिको मात्र उपचार गर्ने र त्यसमा पनि बिपन्न नागरिकको मात्र खर्च ब्यहोर्ने निर्णय गरेको छ। अन्य नागरिकले भने आफ्नै खर्चमा उपचार गर्नुपर्नेछ।

प्राविधिक समूहले गरेको यो निर्णय मन्त्रिपरिषदले पारित गरेपछि मात्रै लागू हुने मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिए।

अधिकारीकाअनुसार विदेशबाट आएको व्यक्ति १४ दिन अनिवार्य क्वारेन्टिनमा नबसे संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने जनाएको छ। क्वारेन्टिन बसेका मध्ये पनि खर्च ब्यहोर्न नसक्नेको मात्रै सरकारले ब्यहोर्ने छ। सक्नेको हकमा आफ्नै खर्चमा होटेल क्वारेनटिनमा बस्नुपर्ने निर्णय भएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्