Logo

वीरगंजमा १ जना संक्रमितको मृत्यु, २६ जना थपिए र १६९ जना निको भए



वीरगंज ३० भदौ । नारायणी अस्पताल, वीरगंजमा उपचारको क्रममा थप एकजना संक्रमित महिलाको मृत्यु भएको छ ।  बाराको डुमरवानाकी ५५ वर्षीय महिलाको सोमवार साँझ ७ः१५ मा मृत्यु भएको नारायणी अस्पतालका डा। अतुलेश चौरसियाले जानकारी दिए ।

उच्च रक्तचाप र मधुमेह रोगी ती महिलालाई सोमवार अस्पतालमा भर्ना गरिएकोमा आइसियुमा उपचार भइरहेको क्रममा मृत्यु भएको डा चौरसियाले बताए । उनको जिन एक्सपर्ट प्रविधिबाट परीक्षण गर्दा कोरोना रिर्पोट पोजेटिभ आएको डा। चौरसियाले बताए ।

बारा र रौतहटमा २६ जना संक्रमित

नारायणी अस्पतालको पिसिआर ल्याबमा सोमवार गरिएको २९० जनाको परीक्ष्ँणमा बारा र रौतहटका २६ जना संक्रमित थपिएको छ । रौतहटका २३ र बाराका ३ जना संक्रमित थपिएको डा चौरसियाले बताए ।  गरूडास्थित राष्ट्रिय वाणिज्य बैंकका चार जनामा कोरोना पोजिटिभ देखिएको छ । यसैगरी गरूडाकै सिभिल बैंकका पनि ४ जनामा कोरोना पुष्टि भएको छ ।

सशस्त्र प्रहरी हजमिनियाका दुई जना र गरूडा इलाका प्रहरी कार्यालयमा एक जना संक्रमित थपिएका छन् । माधवनारायण नगरपालिका– ३ र वडा ४ मा एकरएक जनामा कोरोना देखिएको छ । गरूडा नगरपालिकाको विभिन्न वडामा ९ जना संक्रमित थपिएका छन् । चन्द्रपुर नगरपालिका– ६ मा एक जनामा कोरोना पुष्टि भएको छ ।

प्रवक्ता डा।चौरसियाका अनुसार सोमवारको परीक्षणमा बाराको परसौनी गाउँपालिका– २ मा एकजना, जितपुर सिमरा उपमहानगरपालिका–४ र वडा १२ मा एकरएकजना संक्रमित थपिएका छन् । सोमवार गरिएको २९० जनाको स्वाब परीक्ष्ँणमा पर्साका एकजनामा पनि संक्रमण देखिएको छैन ।

१६९ जना संक्रमणमुक्त

सोमवार साँझ एकैदिन १६९ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ ।  वीरगंजका विभिन्न अस्पतालको आईसोलेसन, होम आईशोलेशन, सामुदायिक आईसोलेशनमा उपचाररत रहेका संक्रमितहरूमध्ये १६९ जना कोरोना निको भई घर फर्किएको जिप्रका, पर्साले जनाएको छ ।  वीरगंजको अस्थायी कोभिड गण्डक अस्पतालमा २४ पुरूष, ९ महिला सहित ३३ जनाको उपचार भइरहेकोमा ६ जना आइसियुमा रहेको जिप्रका पर्साले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्