Logo

भारतका हाई प्रोफाइल नेताहरुमाथि चीनको कडा निगरानी



चीनले भारतका हाई प्रोफाइल नेताहरुमाथि कडा निगरानी गरिरहेको खुलेको छ । चीनले भारतका करिब १३५० नेता, सांसद र सरपन्च, विधायकहरुको निगरानी गरिरहेको सनसनीपूर्ण खबर प्रकाशित भएको छ ।

सेन्जेन इन्फरमेशन टेकनोलोजी फर्मले विकास गरेको ओभरसिज कि इन्फरमेशन डाटावेस (ओकेआईबिडी) चिनियाँ कम्युनिष्ट पार्टीसित आवद्व रहेको र उक्त डाटावेसबाट चीनले भारतीय सत्तारुढ दल र विपक्षी दल लगायतका नेताहरुमाथि निगरानी राखिरहेको विषय इन्डियन एक्सप्रेस खुलाएको हो । चीनले निरन्तर भारतीय नेताहरुको प्रत्येक दिन निगरानी गरिरहेका जनाइएको छ । निगरानीमा पक्ष र विपक्षमा रहेका पूर्व मन्त्री, मन्त्री, मेयर, सरपन्च, विधायक र सांसदहरु रहेको भारतीय सञ्चारमाध्यमले उल्ल्ेख गरेको छ । भारतको अत्तरमा रहेको जम्मू काश्मिर र लद्दाख देखि पूर्वमा उडिसा साथै पश्चिममा महाराष्ट्र देखि दक्षिणको तमिल नाडु सम्मका क्षेत्रीय तथा राष्ट्रिय स्तरका नेताहरुको निगरानी राखिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

इडियन एक्सप्रसले ग्रयानुअल डाटालाई उद्धृत आर्टिफिसियल इन्टेलिजेन्स र बिग डाटाको मद्दतले विगत दूई वर्षमा सात सय नेताहरुको प्रत्येक गतिविधि साथै ४६० जना नेताका आफन्तहरुको निगरानी भइरहेको पाइएको छ । सय जना नेताहरुको पारिवारिक विवरण र करिब तीन सय ५० पूर्व सांसदहरु समेत समावेश छन् । भारतका ठूला परिवार र कलाकारहरुसमेत यस निगरानीको शिकार भइरहेको उल्लेख छ । यस निगरानीमा भारतका दूई राष्ट्रपति स्वः प्रणव मुखर्जी र एपीजे अब्दूल कलाम लगागत पूर्व प्रधानमन्त्री स्वः राजीव गान्धी, पी भी नरसिम्हा राव, अटल विहारी बाजपेयी लगायतको नाम समेत रहेको भनिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्