Logo

सांसदद्वयद्वारा सीमा क्षेत्रको अनुगमन



वीरगंज, ३० भदौ । सांसदद्वय प्रदीप यादव र लक्ष्मणलाल कर्णले पर्सा जिल्लाको सीमा क्षेत्रको मङ्गलवार अनुगमन गरेका छन् ।  अवलोकनको क्रममा सांसदद्वय कर्ण र यादवले वीरगंजको मुख्य भन्सार नाका मितेरी पुलको जर्जर अवस्था तथा इनर्वा, बलिरामपुर, छपकैया, अलौ लगायतका नाकामा पुगेर सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका थिए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले सीमा सिल गरेपनि खुला सीमाको कारण भारतबाट नेपाल मानिसको आवतजावत तथा अवैध चोरी पैठारीलाई नियन्त्रण गर्न सुरक्षा निकायका प्रमुखहरू निरीक्षण गरेका हुन ।

टोलीमा पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला समन्वय समितिका सभापति नेक महमद अंसारी, सशस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी कृष्णभक्त ब्रह्मचार्य, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्