Logo

ज्यान मुद्दाका फरार पक्राउ



मोरङ, ३० भाद्र । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बेलबारी नगरपालिका तेलकुडीका विनय कुमार सरदारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

२०७७ भदौ १२ गते सोही नगरपालिका कसेनीस्थित लोहन्द्रा खोलाको किनारा छेउमा धारिलो हतियार प्रहार गरी चन्द्र कुमार राईको हत्या गरेको कर्तव्य ज्यान मुद्दाका प्रतिवादी उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी सुनसरी बराहक्षेत्र मधुवनबाट पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्