Logo

गोठमा तास खेल्ने ७ जना पक्राउ



बाँके, ३० भाद्र । तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका(५ रामपुरस्थित गोठमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिकाका कमल बस्नेत समेत ७ जना मंगलबार बिहान पक्राउ परेका हनु् ।

उक्त गोठमा तास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नगद ३२ हजार ५ सय रुपैयाँ र ६ गडडी ताससहित फेला पारी उनीहरुलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्