Logo

ब्राउनसुगर सहित पक्राउ



काठमाडौं, ३० भाद्र । अवैध लागूऔषध ब्राउनसुगर सहित ईटहरीबाट सुजन कार्की पक्राउ परेका छन् । ईटहरी उपमहानगरपलिका खेतिखोला छेउबाट करिब २ ग्राम ८ सय ३० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही स्थान बस्ने कार्की (ढोली)लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त ठाउँमा लागूऔषध किनबेच गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र सिआरभि बसपार्कबाट खटिएको प्रहरीले उनलाई जाँच गर्दा उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यस्तै सिरहा, धनगढीमाई नगरपालिका डुम खोला नजिक खेतबाट करिब ११ किलो अवैध लागूऔषध गाँजा सोमबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानबाट अवैध लागूऔषध गाँजा ल्याउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ उक्त गाँजा फाली केही व्यक्तिहरु फरार भएका थिए । हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्