Logo

आज १४५९ कोरोना संक्रमित थपिए



काठमाडौं,  ३० भाद्र । नेपालमा कोरोना भाइरसका आज  १४ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या  ५६ हजार ७ सय ७९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ४० हजार ६ सय ३८ जना संक्रमणमुक्त भएका छन् । आज १ हजार ६२ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्