Logo

कंगना रनौटद्वारा दुई करोड क्षतिपूर्ति मागदाबी



एजेन्सी, ३० भाद्र । बलिउड नायिका कंगना रनौटले मुम्बईस्थित बंगला भत्काएको भन्दै दुई करोड क्षतिपूर्ति दाबी गरेकी छिन् । उनले बीएमसीले बान्ड्रास्थित बङ्गला नम्बर ५ भत्काएकोमा मुम्बई उच्च अदालतमा क्षतिपूर्ति दाबी गरेकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार बीएमसीले ४० प्रतिशत बङ्गलाको भाग भत्काइदिएको छ । जसमध्ये मुल्यवान सामानहरु पनि छन् ।

पछिल्लो समय कंगनाको शिवसेनासँग विवाद बढेको छ । शिवसेना महाराष्ट्र राज्यमा सरकार चलाइरहेको छ । कंगनाले मुम्बईलाई पाकिस्तान शासित काश्मिरसँग तुलना गरेपछि शिवसेनाले धम्की समेत दिएको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्