Logo

उपत्यकामा एकैदिन ६७६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, ३० भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ६  सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १४  सय ५९  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ६ सय ७६ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  १० हजार  ३ सय   ७५ जनाको पिसीआर परिक्षणमा १४  सय  ५९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  १०६२ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  ४० हजार  ६ सय ३८  रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका ५५५  जना र ललितपुरका  ३५ जना र भक्तपुरका  ८६ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ५६ हजार  ७ सय ८८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्