Logo

११ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि



काठमाडौं, ३० भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप ११ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेहरुमा ४ महिला र ७ पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौंमा एक महिलासहित चारजनाको मृत्यु पुष्टि भएको छ । आज थपिएका मृतकसहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ । मृत्यु हुनेहरुमा दुई सय ६७ पुरुष र एक सय ४ महिला छन् ।

नेपालमा संक्रमित हुनेहरुमध्ये मृत्युको प्रतिशत ०.६५ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्