Logo

कोरोना संक्रमणबाट मृत्यु हुने ११ जना को को (विवरणसहित)



काठमाडौं, ३० भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज ११ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयलका अनुसार मृत्यु हुनेहरुमा ४ महिला र ७ पुरुष छन् ।

आज मृत्यु हुनेहरुमा अधिकांश वृद्धवृद्धा छन् । आज काठमाडौंमा एक महिलासहित चारजनाको मृत्यु पुष्टि भएको छ ।

अहिलेसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ । मृत्यु हुनेहरुमा दुई सय ६७ पुरुष र एक सय ४ महिला छन् । नेपालमा संक्रमित हुनेहरुमध्ये मृत्युको प्रतिशत ०.६५ रहेको छ ।

मृतकको विवरण
१. काठमाडौंकी ८६ वर्षीया महिला
२. काठमाडौंका ३४ वर्षीय पुरुष
३. काठमाडौंका ९६ वर्षीय पुरुष
४. काठमाडौंका ६६ वर्षीय पुरुष
५. सर्लाहीका ६४ वर्षीय पुरुष
६. सिराहाकी ३५ वर्षीय पुरुष
७. मकवानपुरका ६१ वर्षीय पुरुष
८. रुपन्देहीकी ६४ वर्षीया महिला
९. कपिलवस्तुका ५८ वर्षीय पुरुष
१०. बाराकी ५५ वर्षीया महिला
११. बाराका ५५ वर्षीय पुरुष



प्रतिक्रिया दिनुहोस्