Logo

अक्षय कुमारले शिक्षक हुँदा कति कमाउँथे



एजेन्सी, ३० भाद्र । फिल्मको साथै अत्यधिक आम्दानीको कारण बलिउड अभिनेता अक्षय कुमार चर्चामा छन् । उनले कडा मेहेनत गरेकै कारण धेरै आम्दानी गर्न सफल भएका हुन् । अहिले जति चर्चा भएपनि उनले विगतलाई बिर्सेका छैनन् । अक्षयले जीवनमा धेरै संघर्ष गरेका छन् । हाल उनले करौडौ कमाउँछन्, तर उनले पहिला तलब कति खान्थे भन्ने चाही सबैलाई थाहा नहुन सक्छ ।

अक्षय कुमारले डिस्कवरी च्यानलको एक एडभेन्चर शो मा विगतमा गरेको संघर्षबारे बताएका छन् । उनले फिल्मी क्षेत्र भन्दा पहिलेका संघर्ष र पहिलो तलबको बारेमा कुरा गरेका छन् ।

उनी सुरुमा मार्शल आर्टका शिक्षक बन्ने योजना बनाएका थिए, तर एकदिन विद्यार्थीका पिताले भने अनुसार मोडलिंगमा हात बढाएका हुन् । विद्यार्थीका पिताले उनलाई मोडलिगंमा कोशिश गर्न लगाएपछि पहिलो कोशिशमा नै २१ हजार रुपैयाँ पाए ।

उनले भनेका छन्– पुरै दिन मार्शल आर्ट सिकाउदा जम्मा ५ हजार पाउँछु भने एक पोज दिदा मात्र २१ हजार पाउँदा किन नगर्ने भनेर मोडलिंगमा लागे । उनले ५ मिनेटमा फिल्ममा नै साइन गरेका थिए । अक्षय कुमार डिस्कवरी च्यानलको एक एडभेन्चर शो मा सहभागी हुने भारतका तेस्रा व्यक्ति हुन् । यस शो मा पहिला प्रधानमन्त्री नरेन्द्र मोदी र रजनीकान्त मात्र सहभागी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्