Logo

जया बच्चनलाई कंगनाको जवाफः मेरो स्थानमा तपाइँको छोरी भएमा…



एजेन्सी, ३० भाद्र । भारतीय संसदमा सांसद तथा कलाकार रवि किशनले देश र बलिउडमा लागुऔषधको बढ्दो प्रयोगको बारेमा मुद्दा उठाएका थिए । उक्त मुद्धामा सांसद जया बच्चनले पनि प्रतिक्रिया दिएकी थिइन् । जयाले प्रतिक्रिया दिदै नाम नलिइ ‘जुन थालमा खाने, त्यसैमा थुक्ने’ भनेकी थिइन् । जया बच्चनले घुमाउरो पाराले आफ्नो भनाईमार्फत कंगनालाई नै निशाना बनाएकी थिइन् ।

समाजवाद पार्टीकी सदस्य जयाले भनिन्, ‘केवल केही मानिसको कारण आज मनोरन्जन उद्योग नै सिकार भइरहेको छ, जसले हरेक दिन ५ लाख मानिसलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगार दिइरहेको छ । ’ उनले कंगनालाई लक्षित गर्दै जुन थालमा खाएर त्यहि थालमा थुक्ने कटाक्ष गरेकी थिइन् ।

अभिनेत्री कंगना रनौटले जया बच्चनले गरेको कटाक्षको जवाफ दिएकी छिन् । उनले जवाफमा लेखेकी छिन्, ‘जयाजी मेरो स्थानमा तपाइँको छोरी श्रेस्ता भएपनि यहि भन्नुहुन्थ्यो । अभिषेकले गुन्डागर्दी गर्ने, यातना दिने र एक दिन झुन्डिएको पनि तपाइँले नै गुनासो गर्नुभएको थियो । हाम्रो लागि पनि सहानुभुति राख्नुहोस् । ’



प्रतिक्रिया दिनुहोस्