Logo

रियाले लागुऔषध कारोबारीसँग आमाको फोनबाट कुरा गरेको खुलासा



एजेन्सी, ३० भाद्र । सुशान्त सिंह राजपुतको मृत्युको विषयमा नारकोटिक्स कट्रोल ब्युरोले रिया चक्रवर्तीलाई लागुऔषध केसमा गिरफ्तार गरेको छ । रियाले लगातार जमानतको लागि रिट दिदै आएकी छिन्, तर अहिलेसम्म जमानतमा छुट्न सफल भएकी छैनन् । हाल उनी जेलमा छिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार रियाले आफ्नो आमा सन्ध्या चक्रवर्तीको मोवाइलबाट लागुऔषधको बारेमा कुरा गर्ने पत्ता लागेको छ । एजेन्सीले उनको आमाको फोन जफत गरिसकेको छ । रियाको घरबाट एनसीबीले मोवाइल र ल्यापटप पनि नियन्त्रणमा लिएको छ । फोन र ल्यापटपमा भएको डाटाबाट केही वाट्सएप ग्रुपमा भएको लागुऔषध सम्बन्धि कुरा भेटिएको थिए । रियाको आमाको फोनको डाटा पनि लिइसकेको छ ।

रियाले एनसीबीको सोधपुछको क्रममा लागुऔषध सेवन गर्नेमा दिल बचेराका निर्देशक मुकेश छाबडा, सारा अली खान र रकुल प्रीत सिंहको नाम समेत लिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्