Logo

दिनमा तीन लिटर दुध आउने यी महिला



बच्चाको लागि आमाको दुध कति महत्वपुर्ण छ त्यो सबैलाई थाहा छ । यसैले बच्चाको लागि आमाको दुध अमृत समान मानिन्छ । तर कुनै महिलालाई पहिलो बच्चालाई स्तनपान गराउनमा निकै गाह्रो पर्छ । कसैको शरीरमा दुध पर्याप्त मात्रामा हुँदैन ।

तर कोही महिलाको भने आवश्यकता भन्दा पनि धेरै आउने गर्छ । आज हामी यस्ता महिलाको बारेमा चर्चा गर्छौ, जसको आवश्यकता भन्दा धेरै दुध आउछ । अमेरिकामा बस्ने यी महिलाको नाम ताबिया फ्रास्ट हो । उनलाई धेरै दुध आउने हुनाले समस्या नै बनेको छ । ताबिथाका ३ बच्चाहरु छन् । उनले आफ्नो बच्चालाई पर्याप्त दुध पिलाएर पनि दैनिक ४७० लीटर ब्रेस्ट मिल्क दैनिक रुपमा दान गर्छिन् । ताबिथाको छातीबाट दैनिक ३ लिटर भन्दा पनि दुध आउछ । धेरै दुध आएकोले आफ्नो दुधको सहि उपयोग गर्न दान गर्न सुरु गरेकी हुन् ।

ताबिथाको छातीबाट असाधारण मात्रामा दुध निक्लनेलाई डाक्टरहरुले हाइपरलैक्टेशन सिंड्रोम भनेका छन्, जसको कारण उनको छातीबाट साधारण महिलाको भन्दा ३ गुणा धेरै दुध बन्ने गर्छ । डाक्टरले यो रोगलाई र्दुलभ रोग बताएका छन् । ताबिथामा प्रोलैक्टीन हर्मोनको मात्रा असाध्यै धेरै भएकोले यस्तो भएको डाक्टरले बताएका छन् । प्रोलैक्टीन हर्मोनको मात्रा धेरै हुँदा ब्रेन ट्युमर पनि हुन सक्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्