Logo

शुक्र ग्रहको बादलमा जीव हुनसक्ने बलियो सम्भावना



एजेन्सी, ३०, भदौ । पृथ्वीसँग मिल्दोजुल्दो शुक्र ग्रहमा जीवन हुन सक्ने अनुमान विज्ञहरुले गरेका छन् । पृथ्वीमा पाइने फोसफाइन ग्यास शुक्र ग्रहको बादलमा पाइएको बुझिएको छ । फोसफाइन ग्याँसले नै पृथ्वीमा जीवनको उपस्थिती ल्याएको थियो ।

पृथ्वीमा पाइने फोसफाइन ग्यास ज्वलनशील, उक्त ग्यास बिना अक्सिजन स्वतह उत्पादन हुने गर्दछ । ग्यासको गन्ध भने लहसुन वा कुहिएको माछा जस्तो हुने गर्दछ । पृथ्वी जस्तै मानिने शुक्र ग्रहको बाक्लो वातावरणका कारण यसले गर्मीको जाललाई आफू तीर केन्द्रित गर्ने गर्दछ । उक्त सतहमा लीड जस्ता तत्वलाई पघाल्न समेत सजिलो हुन्छ । शुक्रको सतहमा हुने तापमान करिब ९०० डिग्री फेरेनहाइट हुने गर्छ । शुक्र ग्रहको बादल भने अम्लिय हुने जनाइएको छ ।

विज्ञहरुका अनुसार अनौठो तरिकाले फोसफाइन ग्यास शक्रको बादलमा सानो सोना कणको रुपमा देखापरेको छ । उक्त विषयहरुमा केन्द्रित रही सन् २०१७ मा क्लर्क म्याक्सवेल अ‍ेलिस्कोपद्वारा गरिएको अनुसन्धानमा एक ग्यासको करिब २० अर्ब कणहरु देखिएको थियो । उक्त सतहलाई विज्ञहरुले भारी ज्वलनशील रहेको, विधिन्न रसायनको केन्द्र मानेको, ज्वालामुखीको अत्याधिक सम्भावना हुने क्षेत्र रहेको बताएका छन् । उक्त विषयमा अनुसन्धान भइरहेको छ ।

आगामी आउने दिनमा फोफाइनको गचिविधि र कार्यशैलीलाई समेत मापन गर्ने प्रयास हुने विज्ञहरु बताउँछन् । उक्त विष्या संगै त्याहाँ उपस्थित अन्य ग्यासको समेत पत्ता लगाइने छ । अगामी दिनमा उक्त ग्यासलाई नासाको जेम्स वेब स्पेस टेलिस्कोप द्वारा हेरिनेछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्