Logo

अफगानिस्तानमा एक सशस्त्र समूहले गोली चलाउँदा प्राध्यापकसहित तीनको मृत्य



३० भदौ: अफगानिस्तानका दुई छुट्टाछुट्टै प्रान्त बन्दूकधारी समूहले गरेका आक्रमणमा विश्वविद्यालयका एक प्राध्यापकसहित तीनको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

नान्गाहर प्रान्तको खोगियानी जिल्लामा बन्दुकधारी एक समूहले विश्वविद्यालयका प्राध्यापकलाई गोली हानी हत्या गरेको स्थानीय सरकारका प्रवक्ताले पुष्टि गरेका छन् । साहित्य संकायका अध्यापनरत प्राध्यापकमाथि कर्तव्यपालनाका शिलशिलामा विश्वविद्यालयतर्फ जाँदै गर्दा आक्रमण भएको थियो ।

त्यस्तै छिमेकी लोगर प्रान्तमा बाराकी बाराक जिल्लाका जिल्ला प्रमुखका भाइ र एक सुरक्षा गार्डको सोमबार राति गोली हानी हत्या भएको थियो ।

आक्रमणकारीहरूले जिल्ला प्रमुखलाई मार्न खोजेका थिए तर हमलाको समयमा उनी घरमा नभएका कारण भाइमाथि हमला गरेको हुनसक्ने बताइएको छ ।

कतारको दोहामा सरकारसँग शान्ति वार्ता भइरहेका समय उच्च पदाधिकारीलाई लक्षित गरी आक्रमण भएको छ । तालिवानी समूहले विगतका वर्षहरूमा नागरिक र सैनिक अधिकारीविरुद्ध अनेकौँ लक्षित आक्रमणहरू गर्नेगरेका थिए ।

यसअघि सोमबार नै पश्चिमी बग्गिस प्रान्तमा तालिवान आक्रमणमा एक पूर्व अफगान सिनेट, उनका पाँच सुरक्षा गार्ड र एक स्थानीय वृद्ध मारिएका थिए ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्