Logo

सिरियाको हसाकामा अमेरिकी हेलिकप्टर दुर्घटनाग्रस्त



३० भदौ: सिरियाको उत्तरपूर्वी प्रान्त हसाकामा मङ्गलबार संयुक्त राज्य अमेरिकाको एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको सिरियाली राज्य सञ्चालित समाचार संस्था, सानाले जनाएको छ ।

उक्त हेलिकप्टर हसाकाको उत्तरपूर्वी गाउँको ताल हदाद क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।

दुर्घटनाग्रस्त विमानलाई सेनाहरूले घेरा हालेकोले थप जानकारी प्राप्त भइनसकेको सानाले जनाएको छ ।

हेलिकोप्टरमा चालकदलका सदस्यबाहेक अन्य यात्रु भएनभएको पनिसमाचार तयार पार्दासम्म जानकारी दिइएको छैन ।

सिरियामा कुर्दको नेतृत्वमा रहेको सिरियाली प्रजातान्त्रिक बल (एसडीएफ) द्वारा नियन्त्रित हसाका प्रान्तलगायतका क्षेत्रहरूमा अमेरिकी नेतृत्वमा कैयौँ सैन्य शिविरहरू रहेका छन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्