Logo

कात्तिकबाट विदेशी पर्यटक नेपाल प्रवेश गर्न पाउने



काठमाडौं, ३० भाद्र । सरकारले विदेशी पर्यटकका लागि १ कात्तिकबाट आवागमन खुल्ला गर्ने निर्णय गरेको छ । पर्वतारोही, पदयात्रामा आउने पर्यटकका लागि भीसा अनुमति दिई आवागमन खुल्ला गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै पदयात्रा र हिमाल आरोहरण गर्न आउने पर्यटकका लागि आवगमन खोल्ने बताएका हुन् । यसका लागि मापदण्ड बनाएर मात्र आवागमनको अनुमति दिइने समेत बताए ।

यसैगरी, सरकारले भारतसँगको सीमानाकामा १० स्थानबाट मात्र आवागमन गर्न दिने अवधि ३० असोजसम्म रहने जनाएको छ ।

मन्त्रिपरिषद्को बैठकले ३० गतेसम्म भारतसँगको १० वटा सीमानाकाबाट मात्र आवागमन गर्न दिइने निर्णय गरेको हो ।

सरकारले अझै पनि शैक्षिक संस्था, खेलस्थल, मनोरञ्जनस्थल, गोष्ठी सभा अर्को सूचना नआएसम्म बन्द गर्ने निर्णय गरेको छ ।-Photo Source: Agency 



प्रतिक्रिया दिनुहोस्