Logo

निषेधाज्ञा अन्त गर्दै सरकारले कहिलेबाट के खोल्यो (सुचीसहित)



काठमाडौं, ३० भाद्र । सरकारले अब निषेधाज्ञा अन्त गर्दै धेरैजसो प्रतिबन्धहरु फुकुवा गरेको छ । कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले जारी गरेको निषेधाज्ञा अन्त गर्दै विभिन्न मितिमा सार्वजनिक यातायात, हवाई सेवा, पर्यटन व्यवसाय समेत खुल्ला गरेको छ ।

लकडाउन पछि निषेधाज्ञाले दैनिक जनजीवन कष्टप्रद भएपछि सरकारले नयाँ कदम चालेको हो । अब कोरोना भाइरससँग लड्नै जीउनुपर्ने निष्कर्षसहित निषेधाज्ञा अन्त गर्दै मापदण्ड बनाएर सवारी साधान देखि अन्य क्षेत्र खुल्ला गरेको छ ।

शैक्षिक संघसंस्था, सभा गोष्ठी सम्मेलन, मनोरञ्जनका कपितय स्थल भने अर्को सूचना जारी नभएसम्म खुल्नेछैनन् ।

१. असोज १ बाट होटल तथा रेष्टुरेन्टहरु खुलाउने निर्णय
२. असोज १ बाट आन्तरिक हवाई उडान
३. असोज १ बाट लामो दुरीको सार्वजनिक यातायात
४. कात्तिक १ बाट विदेशी पर्यटकका लागि आवागमन खुल्ला-Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्