Logo

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ रेक्टरको भुकम्प



काठमाडौं, भदौ ३१ । काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा बिहानै भुकम्पको धक्का महशुस भएको छ । बुधबार विहानै सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भइ ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

बिहान पाँच बजेर २० मिनेटमा भूकम्पको धक्का कडा रुपमा महसुस भएपछि मानिसहरु घर बाहिर निस्केका छन् ।

काठमाडौंसहित आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको मानिसहरुले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

 



प्रतिक्रिया दिनुहोस्