Logo

भक्तपुरको खरिपाटी क्वारेन्टाईनबाट एक कोरोना संक्रमित फरार



काठमाडौं, ३१ भाद्र । भक्तपुरको खरिपाटी क्वारेन्टाईनमा रहेका एक कोरोना संक्रमित युवा फरार भएका छन् । उनलाई मंगलबार अपरान्ह आईलोसनमा भर्ना गरिएको थियो । साँझ पौने ८ बजेतिर उनी फरार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

क्वारेन्टाइनमा रहेका अन्य संक्रमित खाना खादै गरेको बेला उनी फरार भएका हुन् । हाल उनको खोजी कार्य भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्