Logo

काँग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना, आइसियुमा उपचार



काठमाडौं, ३१ भाद्र । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसको संक्रमित उनलाई गएराति अस्पताल भर्ना गरिएको हो ।

उच्च ज्वरोका कारण उनलाई अस्पताल लगिएको हो । यसअघि डा. कोइराला निवासमै आइशोलेशनमा थिए ।

कोइरालाका स्वकीय सचिव भरत तिवारीले अस्पताल भर्ना भएको पुष्टि गरे । कोइरालालाई २३ भाद्रमा कोरोना भाइरसको पुष्टि भएको थियो ।-File Photo 



प्रतिक्रिया दिनुहोस्