Logo

खतिवडाबाटै अर्थमन्त्री चलाउने प्रधानमन्त्री ओलीको रणनीति



काठमाडौं, ३१ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई आफ्ना विशेष आर्थिक सल्लाहकार नियुक्त गरे । मन्त्रीकै सेवा सुविधा र स्तरमा रहनेगरी खतिवडालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । योसँगै ओलीले अर्थ मन्त्रालय खतिवडाबाट नै चलाउने रणनीति लिएको अझ प्रष्ट भएको छ ।

नेकपाभित्र अर्थ मन्त्री बन्न धेरैजनाको दोडधुप छ । उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायतका नेताहरु दौडमा छन् । तर, खतिवडाको सल्लाहकार नियुक्तिले उनीहरु सबै झस्किएका छन् ।

खतिवडालाई निकै विश्वास गरेको र उनैमार्फत् ओलीले आफ्नो आर्थिक एजेन्डा लागु गर्दै आएका थिए । यसलाई निरन्तरता दिने रणनीति अपनाए ।

अब अर्थमन्त्री ओलीले आफैसँग राख्ने वा कसैलाई राज्यमन्त्री नियुक्त गरेर खतिवडामार्फत् चलाउन सक्ने सम्भावना बढेको छ । राज्यमन्त्रीका लागि केही नामहरु चर्चामा नभएका होइनन् । ती ओलीका मात्र नभई खतिवडासँग पनि निकट भएका हुनसक्छन् ।

खतिवडा विशेष आर्थिक सल्लाहकार नियुक्त भएसँगै बामदेवको अर्थमन्त्री बन्ने सम्भावना पनि लगभग टरेको छ । अब उनको ध्यान अन्य मन्त्रालयमा जान थालेको छ ।



प्रतिक्रिया दिनुहोस्