Logo

विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड नजीक



काठमाडौं, भदौ २७ । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ९७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ९७ लाख २७ हजार तीन सय ८९ पुगेको छ ।

बुधबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या नौ लाख ३९ हजार एक सय ८६ पुगेको छ भने कोरोना जित्नेको संख्या दुई करोड १५ लाख ४२ हजार चार सय ७७ नाघेको छ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।

 



प्रतिक्रिया दिनुहोस्