Logo

स्ट्रबेरी किसानका छोरा सुगा जापानका प्रधानमन्त्री



एजेन्सी, ३१ भाद्र । योसिहिडी सुगा जापानको नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन् । बुधबार उनलाई संसदबाट प्रधानमन्त्री निर्वाचित भएका हुन् । उनले ४ सय ६२ सांसदमध्येबाट ३ सय १४ मत प्राप्त गरेका थिए ।

७१ वर्षीय सुगा स्ट्रबेरी किसानका छोरा हुन् । उनी निवर्तमान जापानी प्रधानमन्त्री सिन्जो ओबेका विश्वासपात्र मानिन्छन् । त्यसैले ओबेल सुगालाई प्रमुख क्याबिनेट सचिव बनाएका थिए ।

ओबेले राजीनामा गरेलगत्तै सुगा लिबरल डेमोक्राटिक पार्टीका नेता चुनिएका थिए । उनलाई नै जापानको भावी प्रधानमन्त्रीका रुपमा हेरिएको थियो ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्