Logo

संक्रमण समूदायस्तरमा गैसकेकोले अहिले कन्ट्रोल गर्न महाभारत भैरहेको छ, अहिलेको अवस्थामा: मेयर महर्जन (भिडिओसहित)



काठमाडौं, ३१ भदौ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरमा कोही पनि मान्छे भोकै बस्न नपर्ने विश्वास दिलाएका छन् । उनले महानगरले विपन्न, दैनिक ज्यालादारीमा जीवन निर्वाह गरेकाहरुलाई खानाको व्यवस्था गरेको विश्वास दिलाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मेयर महर्जनले यस्तो बताएका हुन् ।

मास्क उत्पादन गरेको र स्यानिटाईजर उत्पादन गरेको पनि उनले सुनाए । काठमाडौं उपत्यकाका स्थानीय तहरुले गत जेठ २४ गतेसम्म धेरै राम्रो काम गरेको तर सरकारले उद्योग, धन्दा खोल्ने र एक चौथाई सवारीसाधन चल्न दिने निर्णय गरेकोले काठमाडौं छिर्नेहरुको लर्को लागेको उनले स्मरण गराए ।

उनले आफूहरुले काठमाडौं उपत्यका प्रवेश गर्नेहरुलाई नाकामा कडाई गर्न आफूहरुले पटक पटक सरकारलाई आग्रह गरेको पनि सुनाए । आफूहरुले थ्रेट गरेपछिमात्रै सरकारले नाकामा कडाई गरेको उनको भनाई छ । उनले अहिले कोरोना संक्रमण समूदायस्तरमा गैसकेकोले यसलाई नियन्त्रण गर्न महाभारत भैरहेको पनि औंल्याए ।



प्रतिक्रिया दिनुहोस्